बिशाल बस्नेत
महोत्तरी । २०६० सालतिर महोत्तरीस्थित साविकको खयरमारा-३ का युक्ति ढकालको मृत्यु भएपछी घाटमा चित्ता राखेर जलाउन ठिक वनाउदा एक्कासी आएको बाढीले शव नै वेपत्ता वनाएको गाँउलेहरूले अझै बिर्सन सकेका छैनन ।
२०७८ सालमा समेत गाँउ कै एक जना विकको शव वगाउदासम्म दाहसंस्कार नै नगरी बाढीले एक दर्जन भन्दा बढी शवलाई निलेको रेकर्ड छ ।
भालुजोरा खोला र टुटेश्वर खोलाको दोभानमा रहेको यो घाटमा दाहसंस्कारको लागि लैजादा वगाउने क्रम निरन्तर चलेपछि २०८० सालमा स्थानियहरुले आफै तटवन्धन लगाएर एउटा घाट घर वनाएका थिए ।
तर केहीदिन अगाडी आएको बाढीले यसलाई पूर्णरुपमा क्षतिग्रस्त वनायो भने तटवन्धन लगाएका ठाँउहरु वगाएर बगरमा परिणत भए ।
टुटेश्वर मन्दिरवाट ५ सय मिटरमाथी रहेको यो घाटलाई बर्दिवास-१०, ११ र ५ का झन्डै ११ हजार जनसंख्याले प्रयोग गर्ने गर्दछन् ।
त्यसैले वाढीले चित्तासहित निलेको आफन्तहरुको शवलाई आँखै अगाडी देखेका स्थानीयहरू उँही पुरानो नियति दोहोरिने चिन्ताले अहिले सरोकारवालाहरुसँग सहयोगको अपिल गरिरहेका छन् ।
‘हिन्दु परम्पराअनुसार दांहसंस्कार अनिवार्य हो तर घाट नै असुरक्षित भएपछी चित्तामा राखेको शवलाई नै खोलाले वेपत्ता वनाउछ भने त्यो भन्दा नराम्रो के हुन् सक्ला र ?’ स्थानीय विष्णुदेव भण्डारीले प्रतिप्रश्न गर्दै भने । ‘स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकारले यसमा गम्भीर ध्यान देओस ।’
२०८० साल फाल्गुनमा बिष्णुदेव उपाध्यायको संयोजकत्वमा स्थानियहरुले चन्दा उठाएको १२ लाख र प्रदेश सरकारले दिएको १५ लाख गरी २७ लाखमा वनाएका २ वटा घाट घर र तटवन्धन क्षणभरमा नै क्षतिग्रस्त वने ।
यसरी एक बर्ष पनि नपुग्दै क्षतिग्रस्त वनेपछि पुन:निर्माण कसरि गर्ने भन्ने स्थानियहरुमा थप चिन्ता थपिएको हो ।
वडा नं.११ का लक्ष्मी प्रसाद चौलागाँई अव पुन: स्थानियहरुको नै चन्दावाट निर्माण सम्भव नभएको वताउछ्न । ‘स्थानियहरुले पहिले जसरी नै उठाएर वनाउन सकिने अवस्था छैन यसको लागि सरकारले हामरो समस्यालाई महसुस गरिदेओस ।’ चौलागाईले भने । ‘नत्र त्रास-त्रासमा नै वाच्नुपर्ने अवस्था रहन्छ ।’
वडा नं १० का पुर्व अध्यक्ष धनलाल श्रेष्ठ पनि परम्पराअनुसार चल्दै आएको दांहसंस्कारलाई ढुक्क हुने वातावरण सिर्जना गरिदिन सरोकारवालाहरुलाई आग्रह गर्दछन । वैकल्पित घाट पनि नभएको हुनाले पुन: निर्माण अविलम्ब हुनुपर्ने उन्को भनाई छ । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend