बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङ मातहत रंगेली इलाका प्रहरी कार्यालयबाट सादा पोशाकका घुमुवा परिचालन गरी तस्करीको लाइन दिएको समाचार नेपालफेस डटकमले गएको असोज ५ मा उजागर गरेपछि सशस्त्र प्रहरीले सई सुवास गिरीसहितलाई हटाएको छ । तर नेपाल प्रहरीले भने १० बर्षदेखि प्रायः मोरङमा सादा पोशाकमा परिचालित सई भुवन श्रेष्ठलाई यथावत राखेको छ ।
सई श्रेष्ठको दरबन्दी धनकुटामा भएको र काजमा मोरङमा बसी तस्करहरुसँग उठौती गर्दैैआएको समाचार उजागर भएपछि पनि कोशी प्रदेश प्रहरी कार्यालयका डीआईजी चन्द्रकुवेर खापुङले उनलाई चलाउन आवश्यक नठानेपछि तस्करीको भागबण्डा उनीसम्म पुग्ने गरेको आशंका गर्न थालिएको छ । एसपी नवराज कार्कीमात्र होइन, डीआईजी खापुङकै संरक्षणमा घुमुवा सई श्रेष्ठले मोरङको पूर्वी क्षेत्रका रंगेली, डुमरिया र सिजुवाबाट चिनीदेखि किराना तस्करीको लाइन दिएर मासिक मोटो रकम उठाउने गरेको आरोप लाग्दैआएको छ ।
आईजीपी बसन्तबहादुर कुँवरले दरबन्दीमा पठाऊ अभियान डीआईजी हुँदा सुरु गरेका थिए । तर, आफैंले सुरु गरेको अभियानबिपरीत १० बर्षदेखि काजमा घुमुवा बसेका सई भुवन श्रेष्ठहरुलाई भने दरबन्दीमा पठाइएको छैन ।
सई श्रेष्ठले चिनी विनोद केशरी र मनु शाहको सेटिङमा चिनी तस्करीको लाइन दिने गरेका छन् ।
एसपी कार्कीले मातहतका कार्यालयबाट मोरङका पूर्वी क्षेत्रको मुख्य सीमा नाकाहरु हेर्ने इलाका प्रहरी कार्यालय रंगेलीबाट सई श्रेष्ठको नेतृत्वमा घुमुवा परिचालन गरेका छन् ।
यी तीनै क्षेत्रबाट चिनीको बढी तस्करी हुँदैआएको छ । चिनीदेखि हार्डवेयर, किराना लगायतको तस्करी पनि हुने गरेको छ । एसपी कार्कीले रंगेलीमा काजमा राखी घुमुवाका रुपमा श्रेष्ठको नेतृत्वमा ३ जनालाई घुमुवा खटाएका छन् । सई श्रेष्ठले डीआईजी खापुङलाई समेत तस्करीको सेटिङको भागबण्डा पुर्याएका कारण उनलाई काजमा बसी राज गर्ने छुट दिइएको छ ।
डीआईजी राजेश बाँस्तोलाको कार्यकालमा उनका र एसपीका पनि घुमुवाका रुपमा परिचालित श्रेष्ठको बारेमा आईजीपी बसन्तबहादुर कुँवरकोमा गुनासो पुगेको थियो । गुनासोपछि आईजीपी सचिवालयको निर्देशनमा उनको काजसरुवा संखुवासभा जिल्ला प्रहरी कार्यालयमा भएको थियो ।
३–४ महिना संखुवासभा दरबन्दी राखे पनि त्यहाँका डीएसपीलाई भनेर बास्तोलाले मोरङमै राखेका थिए । बास्तोला सरुवा भएपछि पुरानो मिति राखेर श्रेष्ठले धनकुटामा सरुवा मिलाएका थिए । केही महिनादेखि उनलाई धनकुटाबाट फेरि काजमा मोरङको रंगेली ल्याइएको छ । अनुभवी भएकाले श्रेष्ठलाई रंगेलीमा काजमा ल्याएर घुमाउरो बाटोबाट डीआईजी खापुङ र एसपी कार्कीले घुमुवाका रुपमा परिचालन गरेका छन् ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend