Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दाउन्नेको सडक एकतर्फी सुचारु


    मंगलबार, असोज १५ २०८१
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • परासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको सडक एकतर्फी सुचारु भएको छ ।

    पश्चिम नवलपरासी बर्दघाट नगरपालिका-४ दाउन्ने जंगल खुर्सानीखोलामा अबिरल बर्षाको कारण सडक भासिनुका साथै हाईटेन्सन लाईनको पोल सडकतर्फ ढली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

    गएरातीदेखि नै मर्मत थालिएको र मंगलबार बिहानदेखि एकतर्फी यातायात सुचारु गरिएको प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले शुरुमा यात्रुबाहक सवारी साधनलाई मात्र जान दिएको र सडकको मर्मत पूर्ण रुपमा सम्पन्न भएपछि मात्र मालबाहक सवारी साधन जान दिने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार