Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एभरेष्ट महिला भलिबल लिग: चितवनको विजयी शुरुवात


    मंगलबार, असोज १५ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३-१ को सेटले पराजित गरेको हो ।

    चितवनले पहिलो सेट २५-२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५-१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५-२३ र चौथो सेट २५-१८ ले जितेको थियो ।

    यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी सलिना बुढा मगर खेलको प्लेयर अफ द म्याच बनेकी थिइन् ।

    यस अघि सोमबार ललितपुर र कर्णालीले आ-आफ्नो खेल जितेका थिए ।

    लिगमा आज पनि तीन खेल हुदै छन् । जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच अपराहन्न ३; ४५ बजेदेखि हुने छ भने दोस्रो खेल काठमाडौँ र चितवनवीच ५: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर र मधेशबीच ७: ४५ बजेदेखि शुरु हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार