Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या २०० पुग्यो


    सोमबार, असोज १४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०० पुगेको छ ।

    नेपाल प्रहरीका अनुसार सोमबार साढे ३ बजेसम्मको अपडेट अनुसार २०० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २६ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १२७ जना घाइते रहेका छन् ।

    अहिलेसम्म काभ्रे, ललितपुर र सिन्धुली लगायतका जिल्लाबाट हेलिकप्टरमा २९४ भन्दा बढीको उद्धार गरिएको छ भने अहिलेसम्म कुल ४ हजार २२२ जनाको उद्धार गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार