Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जब गाउँपालिका प्रमुख र उपप्रमुखकाे माया बस्याे…


    बिहिबार, मंसिर २५ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कास्की । गाउँपालिकाका प्रमुख र उपप्रमुखबीचको सम्बन्ध सुमधुर नरहेको समाचारहरु सार्वजनिक भइरहेका बेला गण्डकी प्रदेशमा भने गाउँपालिका प्रमुख र उपप्रमुखबीच नै विवाह हुने भएको छ ।

    तर, अहिले विवाह हुन लागेका अध्यक्ष र उपाध्यक्ष एउटै गाउँपालिकाका भने होइनन् ।

    कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङको शुक्रबार बिहे हुन लागेको हो।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा कर्ण र शर्मिला विवाह बन्धनमा बाँधिन लागेको बताइएको छ ।

    अध्यक्ष र उपाध्यक्ष दुवै जना पूर्वएमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार