Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बार्सिलोनाको अफरपछि गोलकिपर स्जेस्नीले तोडे सन्यास


    बिहिबार, असोज १० २०८१
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पोल्याण्डका पुर्व गोलकिपर वोज्सिच स्जेस्नीले सन्यास तोडेर बार्सिलोना जाने भएका छन् ।

    बार्सिलोनाका नियमित गोलकिपर टेर स्टेगेन घाइते भएपछि बार्सिलोनाले युभेन्टसका पुर्व गोलकिपर स्जेस्नीलाई भित्र्याउने निश्चित भएको हो । स्जेस्नीले बार्सिलोनाको अफरलाई स्वीकार गर्दै आफ्नो सन्यास तोडेका छन् । उनले बार्सिलोनासँग एक बर्षको सम्झौता गरेको र उनको मेडिकलको तयारी भएको बताइएको छ ।

    ३४ बर्षिय स्जेस्नीले गत अगस्तमा फुटबलबाट सन्यास लिएका थिए । उनले युभेन्टसका लागि सात सिजनमा २५२ खेल खेलेका थिए भने पोल्याण्डका लागि २००९ देखि २०२४ सम्म ८४ खेल खेलेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार