काठमाडौं । नेपाल प्रहरीमा कायम रहेको ३० बर्षे सेवाहदको ब्यवस्था खारेज गर्न माग गर्दै रिट दायर गरेका २१ अधिकृतले मुद्दा फिर्ता लिएका छन् । संगठनका बिरुद्ध मुद्दा दायर गर्नेहरुको निवृत्तिभरणदेखि सबै सुविधा रोक्का गर्ने कठोर कदम प्रहरी प्रधान कार्यालयले अगाडि बढाउने भएपछि २१ अधिकृत मुद्दा फिर्ताको निवेदन दिन बाध्य भएका छन् । बुधबार २१ अधिकृतले सर्वोच्च अदालतमा गएर मुद्दा फिर्ताको निवेदन दिएका छन् ।
३० बर्षे सेवावधि खारेज गर्नका लागि रिट दर्ता गर्ने एसएसपी जीवनकुमार श्रेष्ठसमेत २१ जना प्रहरी अधिकारीले मुद्दा फिर्ता गरेका हुन् । नेपाल प्रहरीको ३० बर्ष सेवा अबैज्ञानिक भएको र आफूहरु ४८ बर्षदेखि ५१ बर्ष कै उमेरमा अबकाश गरिदा आफूहरुलाई अन्याय हुने र राज्यलाई समेत उमेरमै अबकास गरिंदा ठूलो आर्थिक ब्यायभार पर्ने जिकिर गर्दै २१ अधिकृतले रिट दायर गरेका थिए ।
रिटमा सर्वोेच्च अदालतको एकल इजलासबाट अन्तरिम आदेश समेत भएको र उक्त मुद्दाले अग्राधिकारसहित पूर्ण इजलासमा असोज १० गते पेश गर्न भएको आदेश बिरुद्धमा पुनः नेपाल सरकार भ्याकेटमा गएपश्चात १२ घन्टामै म्याद तामेल गरी आफूहरुलाई हठात अबकाश गरिएको रिट निवेदकको भनाइ रहँदैआएको छ ।
उक्त रिटको औचित्य समाप्त भएको र हाम्रो रिट कायम रहँदा दीर्घकालीन असर पर्नेप्रहरी सम्बन्धित कानुन संसदमा गहन छलफल नभएर सर्वोच्च अदालतको २०६९ र २०७१ मा प्रहरी को ३० बर्ष सेवा अबैज्ञानिक भएको र ऐन बनाएर अबिलम्ब हटाउन भनी भएका निर्देशनात्मक आदेशलाई किन कार्यान्वयन नगरेको हो र यसमा अदालतको अपहेलनामा कारबाही किन नगर्नुपर्ने भनी एकल इजलासले गरेको आदेशलाई देखाएर दूरगामी असर पर्ने र प्रहरी अधिकारीहरुको बृत्तिविकासमा समेत असर पर्ने प्रहरीको ऐन अध्यादेशबाटै ल्याउनसक्ने संभावनालाई मध्यनजर राखेर मुद्दा फिर्ता लिइएको रिट निवेदकले उल्लेख गरेका छन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend