काठमाडौं । विवादास्पद एसपी विश्वराज खड्कालाई गृहमन्त्री रमेश लेखकले मकवानपुरको प्रहरी प्रमुखमा सरुवा गरी पुरस्कृत गरेका छन् ।
प्रहरीमा सेवा प्रवेशपछि खड्का जहाँ इन्चार्ज हुँदा पनि आर्थिक मामिला र अनेक काण्डमा पर्दैआएका एसपी हुन् । मंगलबार राति गरिएको ४१ एसपीको सरुवामा खड्कालाई पुरस्कृत गरी मकवानपुरको कमाण्डर बनाइएको छ ।
जनकपुरकी आरती साहको हत्या प्रकरणमा आर्थिक लेनदेन गरी मुद्दा कमजोर बनाएर दोषीलाई उन्मुक्ति दिन चलखेल गरेका एसपी विश्वराज खड्कालाई गृहमन्त्री रमेश लेखकले पुरस्कृत गरी मकवानपुरको कमाण्डर बनाएका छन् ।

आरती साह डेढ बर्षअघि २०८० जेठ ७ गते साह आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । साह हत्या प्रकरणमा आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार समेत पठाएको थियो ।
मृत्यु शङ्कास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्काले मुद्दा कमजोर बनाएको उनीहरुको आरोप रहेको थियो । आरतीको परिवार दोषीमािथ कारबाहीको माग गर्दै २७१ दिन दिनदेखि काठमाडौंमा धर्ना बसेको थियो । ए सपी खड्काले आरतीका हत्यारालाई जोगाउनका लागि सबै हत्कण्डा प्रयोग गरेका थिए । न्याय माग्ने आरतीका परिवारलाई उल्टै कुटपिट गर्ने कार्यसमेत उनले गरेका थिए ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend