Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री राणाविरूद्ध राज्यविरूद्धको अपराध मु्द्दा


    आइतबार, चैत्र १७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान थालिएको छ ।

    काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार मिश्र र राणासहित ११ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंसँग अनुमति मागेको हो ।

    त्यसैगरी, अन्य ४१ जनालाई आपराधिक उपध्रव र संगठित अपराध कसुरमा अनुसन्धान गर्न माग गरिएको परिसर प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

    शुक्रबार राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएको थियो। कैयौं सवारीसाधन र व्यक्तिगत घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गरिएको थियो ।

    मिश्र, राणा र अन्य व्यक्तिलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको छ । अहिले सरकारी वकिलले उनीहरूको मुद्दामा अनुसन्धानबारे बहस गरिरहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार