Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इङल्याण्डविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित


    आइतबार, असोज ६ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई ६८ रनले पराजित गरेको हो ।

    अस्ट्रेलियाले दिएको २७१ रनको लक्ष्य पछाएको इङल्याण्डले ४०.२ ओभरमा अल आउट हुदै २०२ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ४४.४ ओभरमा अल आउट हुदै २७० रन बनाएको थियो । अस्ट्रेलियाले यस अघि पहिलो खेल ७ विकेटले जितेको थियो ।

    यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज २-० ले जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार