Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इत्तिफाकमाथि अल नासरको शानदार जित


    शनिबार, असोज ५ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ ।

    गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, सलेम अल नाजदी र टालिस्काले एक एक गोल गरेका थिए ।

    यो यस सिजनमा अल नासरको दोस्रो जित हो । २ खेल बराबरी खेलेको अल नासरको ४ खेलमा ८ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।

    त्यस्तै अल इत्तिफाकको भने यस सिजनमा यो पहिलो हार हो । ४ खेलमा इत्तिफाकको ९ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार