Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्याम्पियन्स लिगमा एटलेटिको म्याड्रिडको विजयी शुरुवात


    शुक्रबार, असोज ४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एटलेटिको म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

    गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले आरबी लेइपजिंगलाई २-१ गोल अन्तरले पराजति गर्दै विजयी शुरुवात गरेको हो ।

    एटलेटिको म्याड्रिडको जितमा एन्टोनी ग्रीजम्यान र जोसे मारिया गिमेनेजले एक एक गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि बेन्जामिन सेस्कोले एक गोल गरेका थिए ।

    अब एटलेटिको म्याड्रिडले अर्को खेल अब अक्टोबर ३ मा बेनिफिकासँग खेल्ने तालिका रहेको छ भने आरबी लेइपजिंगले अक्टोबर ३ मा युभेन्टससँग खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार