काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली भदौ २६ मा अवकाश भइसकेका छन् । अर्का एआईजी रामदत्त जोशी आगामी असोज १६ गते अवकाश हुँदैछन् । ज्ञवालीको अवकाशपछि रिक्त एआईजी पदमा बढुवा गरिहाल्नुपर्ने पक्षमा गृहमन्त्रालय छ । तर प्रहरी नेतृत्व भने २ हप्तामा २ पद रिक्त भएपछि गर्ने पक्षमा छ ।
जोशीको अवकाश अघि नै एआईजी बढुवा भएमा एक पदका लागि धेरै आंकाक्षी छन् । बढुवाका आकांक्षी डीआईजीहरुमा बुद्धि गुरुङ, किरण राणा, दुर्गा सिंह, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा लगायत छन् ।
आईजीपी बसन्तबहादुर कुँवर बरिष्ठताका आधारमा बढुवा गर्नुपर्ने पक्षमा छन् । विमानस्थलमा कार्यरत डीआईजी किरण राणा सत्ताधारी दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नातेदार भएकाले उनी एआईजी बढुवा हुने कुरामा ढुक्क जस्तै देखिन्छिन् ।
दुर्गा सिंह दाङमा बसिसकेकाले एमाले महासचिव शंकर पोखरेलदेखि गृहमन्त्री पनि भेग मिल्ने भएकाले एआईजीमा प्रबल दाबी गर्दैआएकी छन् । राणाभन्दा पनि पावरमा सिंह अगाडि देखिएकी छन् ।
बुद्धि गुरुङ प्रहरीमा कहीँ पनि विवादमा नपरेका इमान्दार छविका डीआइजीभित्र पर्दछन्् । उनी डीएसपी हँुदादेखि नै विवादमा नपरेका प्रहरी अधिकृत हुन् । उनी डीआईजीको रुपमा भरतपुर शिक्षालय र पोखरा बस्दा पनि निर्विवाद रुपमा काम गर्नेमा पर्दछन् । तर राणा र सिंहको जस्तो शक्तिकेन्द्रको निकट नभएकै आधारमा उनी बढुवाबाट बन्चित हुने हुन् कि भन्ने आशंका पनि ब्याप्त छ ।
यसैगरी, आगामी मंसिरमा नेपाल प्रहरीका अर्का एआईजी भीम ढकाल पनि अवकाशमा जाँदैछन् । माघमा हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी किरण बज्राचार्य पनि अवकाश हुँदैछन् । भीम ढकालकै ठाउँमा चन्द्रकुवेर खापुङलाई एआईजी बनाउने तयारी पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वका एमाले नेताहरुको रहेको छ ।
खापुङलाई एआईजी बनाउने र दीपक थापापछि उनैलाई आईजीपीको लाइनमा अगाडि बढाउने खेल पूर्वेली एमाले पंक्तिको रहेको छ । यद्यपि लालमणि आचार्य पनि पूर्वका कांग्रेस नेताहरु बिशेष गरी कोइराला परिवारको आशीर्वाद रहेकाले उनले नै एआईजीमा बाजी मार्ने संभावना पनि उत्तिकै देखिन्छ । त्यसो त कुवेर कडायत र रबिन्द्र सिंह पनि कमजोर दाबेदार भने मानिदैनन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend