काठमाडौं । नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली भदौ २६ मा अवकाश भइसकेका छन् । अर्का एआईजी रामदत्त जोशी आगामी असोज १६ गते अवकाश हुँदैछन् । ज्ञवालीको अवकाशपछि रिक्त एआईजी पदमा बढुवा गरिहाल्नुपर्ने पक्षमा गृहमन्त्रालय छ । तर प्रहरी नेतृत्व भने २ हप्तामा २ पद रिक्त भएपछि गर्ने पक्षमा छ ।
जोशीको अवकाश अघि नै एआईजी बढुवा भएमा एक पदका लागि धेरै आंकाक्षी छन् । बढुवाका आकांक्षी डीआईजीहरुमा बुद्धि गुरुङ, किरण राणा, दुर्गा सिंह, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा लगायत छन् ।
आईजीपी बसन्तबहादुर कुँवर बरिष्ठताका आधारमा बढुवा गर्नुपर्ने पक्षमा छन् । विमानस्थलमा कार्यरत डीआईजी किरण राणा सत्ताधारी दल नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको नातेदार भएकाले उनी एआईजी बढुवा हुने कुरामा ढुक्क जस्तै देखिन्छिन् ।
दुर्गा सिंह दाङमा बसिसकेकाले एमाले महासचिव शंकर पोखरेलदेखि गृहमन्त्री पनि भेग मिल्ने भएकाले एआईजीमा प्रबल दाबी गर्दैआएकी छन् । राणाभन्दा पनि पावरमा सिंह अगाडि देखिएकी छन् ।
बुद्धि गुरुङ प्रहरीमा कहीँ पनि विवादमा नपरेका इमान्दार छविका डीआइजीभित्र पर्दछन्् । उनी डीएसपी हँुदादेखि नै विवादमा नपरेका प्रहरी अधिकृत हुन् । उनी डीआईजीको रुपमा भरतपुर शिक्षालय र पोखरा बस्दा पनि निर्विवाद रुपमा काम गर्नेमा पर्दछन् । तर राणा र सिंहको जस्तो शक्तिकेन्द्रको निकट नभएकै आधारमा उनी बढुवाबाट बन्चित हुने हुन् कि भन्ने आशंका पनि ब्याप्त छ ।
यसैगरी, आगामी मंसिरमा नेपाल प्रहरीका अर्का एआईजी भीम ढकाल पनि अवकाशमा जाँदैछन् । माघमा हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआईजी किरण बज्राचार्य पनि अवकाश हुँदैछन् । भीम ढकालकै ठाउँमा चन्द्रकुवेर खापुङलाई एआईजी बनाउने तयारी पनि प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वका एमाले नेताहरुको रहेको छ ।
खापुङलाई एआईजी बनाउने र दीपक थापापछि उनैलाई आईजीपीको लाइनमा अगाडि बढाउने खेल पूर्वेली एमाले पंक्तिको रहेको छ । यद्यपि लालमणि आचार्य पनि पूर्वका कांग्रेस नेताहरु बिशेष गरी कोइराला परिवारको आशीर्वाद रहेकाले उनले नै एआईजीमा बाजी मार्ने संभावना पनि उत्तिकै देखिन्छ । त्यसो त कुवेर कडायत र रबिन्द्र सिंह पनि कमजोर दाबेदार भने मानिदैनन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend