Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • गाब्रियलको गोलमा आर्सनल विजयी


    सोमबार, भाद्र ३१ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

    आर्सनलको जितमा खेलको ६४औँ मिनेटमा गाब्रियल मागलहाएजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

    यो यस सिजनमा आर्सनलको तेस्रो जित हो । ४ खेलमा आर्सनलको १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो दोस्रो हार हो । टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार