काठमाडौं । एमालेनिकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडांंै महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्ध घृणामात्र फैलाएको र ३ बर्षसम्म उल्लेखनीय कुनै काम नगरेको आरोप लगाएका छन् ।
बालेन साहले शनिबार प्रधानमन्त्रीले नै बालबालिकालाई न्याय दिन नसकेर मर्नुपरेकाले बालदिवस मनाउन नसकेको उल्लेख गर्दै टिप्पणी लेखेपछि त्यसको जवाफमा बडालले आइतबार बिहान बालेनले प्रधानमन्त्रीलाई होच्याउने काम नगर्न चेतावनीसहितको जवाफ फर्काएका छन् । प्रधानमन्त्रीको नाम होच्याउने र अपमान गर्ने नियतले अन्यथा लेखेको उल्लेख गर्दै बालेन साहको नियत नै खराबमात्रै भएको उल्लेख गरेका छन् ।
बडालले लेखेका छन्–‘बालेन्द्र साहजी, प्रधानमन्त्रीको नाम केपी शर्मा ओली हो । तपाईंले होच्याउने र अपमान गर्ने नियतले अन्यथा लेख्नुभएको छ । खैर, यसले तपाईंको नियत खराबमात्रै देखाएको छ ।
तपाईंको उदय साइबर बुलिङबाट भएको हो । महोत्तरी स्थायी बासिन्दा र बिहारलाई मामाघर बनाएका तपाईंको आधिकारिक परिचय लुकाउन तपाईंले ठूलो रकम र शक्ति साइबर बुलिङमा प्रयोग गर्नुभएको छ । तपाईं प्राविधिक रूपमा काठमाडौं महानगरका मेयर हुनुहुन्छ । तर वास्तविकतामा तपाईंले काठमाडौंमा कुनै काम गर्नुभएको छैन, एउटा पनि काम नगरी तीन बर्ष बितिसक्यो।
तपाईंबाट समाजले केवल विवाद, झगडा र वैमनस्यता बाहेक केही पाएको छैन । यही विवादबाट चर्चामा आउनु र त्यसैबाट आफ्नो स्थान बनाउनु तपाईंको उद्देश्य हो भन्ने कुरा विस्तारै स्थापित हुँदैछ ।
यसका लागि तपाईंले महानगरको रकम दुरुपयोग गरेर फेसबुकमा हजारौं पेजहरू चलाउनुभएको छ, जसको काम लुकेर प्रहार गर्दै समाजमा अराजकता मच्चाउनुमात्र हो । भर्चुअल फेक जनमतले केही समयका लागि कृत्रिम लोकप्रियता दिन सक्छ, तर अन्ततः त्यसले तपाईंलाई नै हानी पुर्याउनेछ । यो डेमागोग निन्जा टेक्निक लामो समयसम्म टिक्दैन ।
काठमाडौंमा खोलिएका प्रायोजित चियापसलजस्ता ठाउँमा फेसबुक पेजहरू चलाउनेलाई बोलाएर रकम दिएर विवाद मच्चाउनुहुन्छ । तपाईंको काम के हो थाहा छैन, कहिले ड्रग्स खाएर सुत्नुहुन्छ, कहिले स्टाटस लेखेर विवाद मच्चाउनुहुन्छ । तपाईंको सचिवालयमा अरबौंको गैरकानुनी खर्च छ, अख्तियारले पठाएको पत्र बुझ्नुहुन्न । अख्तियारलाई पनि एउटा स्टाटस ठोकेपछि सबै ठीक हुन्छ भन्ने सोच्नुभएको होला । केही समय त्यसरी चल्नसक्छ ।
तर मिडिया, प्रश्न, र जनसम्पर्क निषेध गरेर, जनताले तिरेको राजस्व सचिवालयका आसेपासेलाई पोसेको कुरा अहिले थाहा नपाउनेले पनि एक दिन थाहा पाउनेछन् । हुन त, तपाईंले काठमाडौंलाई अस्तव्यस्त बनाएर आफू बैंगलोर बस्ने योजना बनाउनु भएको छ, र तपाईं त्यसअनुसार यहाँ विवादमात्रै मच्चाइरहनुभएको छ ।
बालेनजी तपाईंबाट समाजले घृणाबाहेक के सिकेको छ ? तीन वर्षमा तपाईंले के काम गर्नुभयो भनेर सोध्नेलाई के जवाफ दिनुहुन्छ ? अहिले साइबर बुलिङमार्फत् अन्धो बनाइएको जमात नै भोलि आँखा खुलेपछि तपाईंलाई जवाफ माग्न आउनेछ । तपाईं त्यसबेला काठमाडौंमै हुनुहुन्छ कि महोत्तरी जानुहुन्छ ? कि बैंगलोर नै फर्किनुहुन्छ ?’
अखिल अध्यक्ष बडालले लेखेको टिप्पणी :

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend