Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीमा ३० बर्षे सेवाहद हटाउन माग गर्दै रिट दर्ता


    बुधबार, भाद्र ५ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीमा रहेको ३० बर्षे सेवावधिका आधारमा अवकाश हुने ब्यवस्था हटाउन माग गर्र्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

    १६ भदौ, २०८१ मा अवकाश हुन लागेका एसएसपी जीवनकुमार श्रेष्ठसमेत २१ जनाले सर्वोच्चमा ३० बर्षे सेवावधिका आधारमा अवकाश हुने ब्यवस्था खारेज गर्दै रिट दायर गरेका हुन् ।

    ३० बर्षे सेवावधिका आधारमा अवकाश हुने ब्यवस्था प्रहरी नियमावली २०७१ मा राखिएकाले त्यसलाई हटाउन माग गरिएको छ ।

    निजामती सेवामा ५८ बर्षे उमेरहदमात्र लागू छ भने सैनिक सेवा, शिक्षक सेवा, स्वास्थ्यसेवामा ४० बर्षे उमेरहदका आधारमा अवकाश हुने ब्यवस्था छ । न्यायसेवामा त न्यायाधीश ६५ बर्षसम्म बहाल रहन पाउँछन्ु । तर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा भने ३० बर्षे सेवावधिको प्रावधान राखिएकाले अन्याय भएको भन्दै रिट निवेदनमा उक्त ब्यवस्था खारेज गर्न माग गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार