काठमाडौँ । खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक गए राति सम्पन्न भएको छ । फ्रान्सको स्ट्याट डी फ्रान्स स्टेडियममा भएको समापन समारोहमा २०५ देशका हजारौं खेलाडी सहभागी थिए ।
७० हजारभन्दा बढी दर्शकको उपस्थितिमा पेरिसका मेयर एनी हिडाल्गोले २०२८ को आयोजक अमेरिकी सहर लस एन्जलसका मेयर करेन बासलाई ओलम्पिक झण्डा हस्तान्तरण गरेकी छन् । योसँगै चार वर्षपछि हुन लागेको लस एन्जलस ओलम्पिकको काउन्टडाउन सुरु भएको छ ।
ओलम्पिक टर्च निभाएर लियोन मार्चान्ड लगायतका चुनिंदा एथलीटहरूको तीन घण्टाको समारोह औपचारिक रूपमा समाप्त भएको हो । यस अवधिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन पनि उपस्थित थिए । यस क्रममा हलिवुड अभिनेता टम क्रुज, बिली इलिश, स्नुप डग र डा. ड्रेले आफ्नो प्रस्तुति दिएका थिए । यससँगै ओलम्पिकको गोल्डेन भोयाजरको खोजले पनि फ्यानहरूको मन जित्यो । यसलाई थोमस जोलीले निर्देशन गरेका थिए । त्यसपछि एन्जेले, कमिसकी र र्यापर ओनेडाले फ्रान्सेली ब्यान्ड फिनिक्सको प्रदर्शनमा प्रस्तुति दिएका थिए ।
समापन समारोहमा सबै २०५ देशका झण्डा वाहकहरूले स्टेट डे फ्रान्स स्टेडियममा ७० हजारभन्दा बढी दर्शकको अगाडि कुँदिएको विश्व नक्साको परिक्रमा गरेका थिए । सबै देशका खेलाडीले दर्शकलाई अभिवादन गर्दै रंगशाला पुगेका थिए । अधिकांश पदक विजेताहरूको घाँटीमा पदक थियो ।
समापन समारोहको सबैभन्दा ठूलो आकर्षण पेरिस ओलम्पिकलाई सफल बनाउने ४५ हजार स्वयंसेवक थिए । पेरिस ओलम्पिक २०२४ समितिका अध्यक्ष टोनी एस्टान्गुटोनले फ्रान्स सरकार, स्वयंसेवक, सुरक्षाकर्मी, प्रहरी, पेरिसका मेयर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र सबैलाई धन्यवाद दिए ।
पेरिस ओलम्पिकको पदक तालिकामा सबैभन्दा शिर्ष स्थानमा अमेरिका रहेको छ । ४० स्वर्ण ४४ रजत र ४२ काश्य पदकसहित अमेरिका शिर्ष स्थानमा रहयो । त्यस्तै चीन पनि ४० स्वर्ण, २७ रजत र २४ काश्य पदकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी नेपालले भने यस ओलम्पिकमा कुनै पदक जित्न सकेन । यस ओलम्पिकमा नेपालका सात खेलाडीले भाग लिएका थिए ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend