Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि


    बुधबार, साउन २३ २०८१
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ ।

    बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।

    नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिएपनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।

    त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो ।

    योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

    पाँच देशले भाग लिएको यस प्रतियोगितामा श्रीलंका चौथो भएको छ भने माल्दिभ्स लिग चरणबाट बाहिरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार