Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा


    आइतबार, साउन २० २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो ।

    क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गरेको छ ।

    त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

    अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्ने छ भने ब्राजिलले स्पेनको सामना गर्ने छ । सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार