Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मापसे गरेर प्रहरीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरी प्रमुख पन्थी पक्राउ


    शुक्रबार, मंसिर १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । घोराही उपमहानगरपालिकाका नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थी पक्राउ परेका छन् ।

    मादक पदार्थ सेवन गरेर हो-हल्ला गर्दै हिडेकाे आरोपमा नगर प्रहरीका प्रमुख सई रुद्रप्रसाद पन्थीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ।

    जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पन्थीलाई गएराति नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय घोराहीले जनाएको छ ।

    पन्थीले मापसे गरेर हो-हल्ला गर्नुका साथै प्रहरीसँग अभद्र व्यवहार गरेको हुँदा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार