Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • महिला एशिया कप: आज नेपालको सामना भारतसँग


    मंगलबार, साउन ८ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ ।

    यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।

    भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

    त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार बेहोरेको छ ।

    एशिया कप खेल्ने नेपाली टिम:

    इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार