Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • महिला एशिया कप: नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य


    आइतबार, साउन ६ २०८१
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत नेपालले पाकिस्तानलाई १०९ रनको लक्ष्य दिएको छ ।

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १०८ रन बनाएको हो ।

    नेपालका लागि सिता राना मगरले २६, पुजा महतोले २५ रन बनाएकी थिइन् भने कविता कुँवरले १३ तथा कविता जोशीले अविजित ३१ रन बनाएकी थिइन् ।

    त्यसैगरी पाकिस्तानका बलर सादिया इकवालले २ विकेट लिएकी थिइन् भने फातिमा सानाले एक विकेट लिएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार