Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिला एशिया कप: आज नेपालले पाकिस्तानको सामना गर्दै


    आइतबार, साउन ६ २०८१
    970
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी महिला एशिया कपमा विजयी शुरुवात गरेको नेपालले आज पाकिस्तानको सामना गर्दै छ ।

    आज साँझ ७: १५ बजेदेखि शुरु हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो ।

    नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । समुह ए अन्तर्गत आजै भारत र युएई अपराहन्न २: १५ बजेदेखि खेल्दै छन् ।
    समुह ए मा भारत र नेपाल २-२ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र युएईले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।

    नेपालले समुह ए को तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।

    एशिया कप खेल्ने नेपाली टिम:

    इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार