Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • पूर्वाधार कार्यालय बाराको ब्रम्हलुटः टुक्रे योजनामा २० करोड भुक्तानी, १५ करोड भ्रष्टाचार


    शुक्रबार, असार २९ २०८१
    3.5K
    Shares
    oplus_2
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • बारा । मधेश प्रदेश सरकार मातहत रहेका भौतिक पूर्वाधार विकास कार्यालय बाराले सञ्चालन गरेको २० करोडको बजेट रकममध्ये १५ करोड भन्दा बढी अनियमिता गरेको रहस्य खुलेको छ ।

    अनियमितता गर्ने कार्यमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव राजकुमार गोइत, पूर्वाधार विकास कार्यालय बाराका निमित्त प्रमुख राजेन्द्र साह, लेखापाल राजेश्वर कुशवाहा र निर्माण व्यवसायी तथा कलैया उपमहानगरपालिका १६ नम्बर वडाका वडा अध्यक्ष शेषनाथ साहलगायत रहेका छन् ।

    पहिलादेखि सडकमा रहेको ढलानमाथि पुनः ढलान गरेको बिल पेश गरी भुक्तानी लिइएको छ । कालोपत्रेमाथि कालोपत्रे र ग्राभेलमाथि ग्राभेल गरिएका दुई सय भन्दा बढी टुक्रे योजना बनाएर त्यसलाई कोटेशनमा बाँडेर अनियमिता गरिएको हो ।

    महागढीमाई नगरपालिका १ बरियारपुरस्थित गढीमाई मन्दिरलाई सडक संजालसँग जोड्न मधेश प्रदेश सरकारले २० करोड बजेट रकम बिनियोजन गरेको थियो ।

    पूर्व–पश्चिम महेन्द्र राजमार्गको १३ किलो मिटर भन्ने स्थानबाट मधुवनसम्म, नौतन चौकदेखि बारा बजारसम्म, गढीमाई मन्दिरदेखि गंजभवानीपुर, सेमरा तेगछीयदेखि गढीमाई मन्दिर, इनर्वाचौकदेखि बरियारपुर चौकसम्म, बरियारपुर बजारदेखि पश्चिम भुटही जाने सडक लगायतका सडकमा उक्त रकम बिनियोजन गरिएको थियो ।

    सडक निर्माणको नाममा प्राप्त उक्त रकमलाई बढी कमिसन असुलेर भ्रष्टाचार गर्न एकातर्फ १० लाख भन्दा कमका २ सय भन्दा बढी टुक्रे योजनाहरु संचालन गरिएको छ भने अर्काेतर्फ सडक ढलानमाथि ढलान, ग्राभेलमाथि ग्राभेल र कालोपत्रेमाथि कालोपत्रे योजनाहरु सञ्चालन गरेर अधिकांश बिकास बजेटमा अनियमितता गरिएको बाराका निर्माण व्यवसायीले गुनासो गरेका छन् ।

    १५ करोड अनियमिततामा संलग्न क्रमशः राजकुमार गोइत, राजेन्द्र साह, शेषनाथ साह र राजेश्वर कुशवाहा

    १३ किलोमिटरदेखि मधुवनसम्मको सडकमा टुक्रा टुक्रा गरेर बेस ग्राभेल गर्न बिनोद निर्माण सेवाका सञ्चालक शेषनाथ साहलाई दिएको पूर्वाधार विकास कार्यालय स्रोतले जनाएको छ ।

    त्यसैगरी त्यही सडकको अर्कोतर्फ नौतनदेखि बारा बजारसम्म निर्माण व्यवसायी गौरव चौधरीको जिम्मा लगाइएको छ । १३ किलोमिटरदेखि मधुवन, बाराबजार, नौतन, गंजभवानीपुर हुँदै गढीमाईसम्म जाने उक्त सडकको १० भन्दा बढी स्थानमा कोटेशन मार्फत् पहिलादेखि रहेको ग्राभेललाई मर्मत गरेर वेस बनाउन ४० प्रतिशन कमिशनमा कोटेशनमार्फत् काम बाँडिएको छ ।

    कोटेशनमा बाँडिएका योजनाहरुबाट ४० प्रतिशन कमिसनमा मन्त्रालयका सचिव गोइतले २० प्रतिशन, पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख साहले १० प्रतिशत, पाँच प्रतिशन लेखापाल कुशवाहा र पाँच प्रतिशत साइट इन्चार्जहरुले कमिसन रकम बाँडफाँड गरेको स्रोत बताउँछ ।

    ग्राभेलमाथि ग्राभेल गर्न लागिएको दृश्य

    शुरुमै ४० प्रतिशत कमिसन दिएर कोटेशनमा काम लिएका निर्माण व्यवासायीहरुले २५ प्रतिशत रकम देखावटी काममा खर्च गरेका छन् भने ४० प्रतिशत उनीहरुले भ्रष्टाचार गरेका छन् । कोटेशनमा काम पाएका एक निर्माण व्यवसायीले ४० प्रतिशत सचिवसम्मलाई भाग लगाउनुपर्छ, हामीलाई नै ४० प्रतिशत त चाहियो नि ?

    प्रदेश सरकारले दिएको २० करोड बजेट रकमका योजनाहरु टेन्डर प्रक्रियामार्फत् ठेक्का दिनुपर्नेमा टुक्रा टुक्रा गरेर दुई सय भन्दा बढी योजनाहरु संस्थागत भ्रष्टाचार गर्नकै लागि बनाइएको पूर्वाधारका एक इन्जिनियरले बताएका छन् ।

    एउटै व्यक्तिलाई ८ करोड भन्दा बढीको कोटेशन

    पूर्वाधार विकास कार्यालय बाराको २० करोड बजेट रकममध्ये एउटै निर्माण व्यवसायीले ८ करोड भन्दा योजना हात पारेका छन् । निर्माण व्यवसयी तथा कलैया उपमहानगरपालिका १६ नम्बर वडाका वडाअध्यक्ष शेषनाथ साहले ८५ भन्दा बढी कोटेशनका योजनाहरु हात पारेको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् ।

    साहले पूर्व–पश्चिम महेन्द्र राजमार्गको १३ किलोमिटर भन्ने स्थानबाट मधुवनसम्म, नौतन चौकदेखि बारा बजारसम्मको सडक खण्डमै १० भन्दा बढी कोटेशन हात परेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार