धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षमा ठेक्का लगाएका आयोजनाहरु अलपत्र परेका छन् । प्राविधिक मूल्यांकन गरी सम्झातौको अन्तिम तयारीमा रहेका पक्की पुलहरु बार्षिक पुुस्तिकाबाटै शीर्षक हटाइएपछि आयोजनाहरु अलपत्र परेका हुन् ।
आर्थिक वर्ष २०७९-०८० को बार्षिक कार्यक्रम अन्र्तगत कैलाली निर्वाचन क्षेत्र नं. ४(१) स्थित भस्ना नाला सडक पुल निर्माण, शिवपुर सडक पुल निर्माण, भैसासुर सडक पुल निर्माण, सुपारी आमदेखि भादा जोड्ने सडक पुल निर्माण, नारायणपुर सरैया सडक पुल निर्माण, घोडाघोडी, बर्दगोरीया, लम्कीचुहा,टिकापुर नगरपालिका र गोदावरी नगरपालिकाका थुप्रै बहुुबर्षीय आयोजनाहरुमा बजेट कटौती गरिएको छ ।
पुराना आयोजनाहरु अलपत्र पारेर प्रदेश सकारकार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफ्नो निर्वाचन क्षेत्र धनगढी ५ (१) का ८ वटा वडामा बजेट खन्याएका छन् । कालोपत्रे भैसकेका सडकहरुमा समेत उनले रकम विनियोजन गरेरर बहुुबर्षीय आयोजनाको ठेक्का लगाएका छन् । स्रोतका अनुसार मन्त्रीको ठाडो निर्देशनमा पूर्वाधार विकास कार्यालय कैलालीले धनगढीका १९ आयोजनाको ६१ करोडको लागतमा बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ ।
यस्तै कैलालीको गौरीगगंगा नगरपालिकाको शिवपपुर कान्तीपुर (परेनी) सडक पुल र गोदावरीको गुडधोवी सडकपुल अलपत्र परेका छन् । पूर्वाधार विकास कार्यालय कैलालीले २०७९ साल बैशाख २९ गते आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्वानको सूचना प्रकाशित गरी एक चरणको प्राविधिक मूल्यांकन सकिएको थियो ।
बोलपत्र स्वीकृतको अन्तिम चरण आर्थिक मूल्यांकनको प्रक्रियामा रहेका बेला सुदूरपश्चिम प्रदेश सरकारको २०८०-०८१ बार्षिक विकास कार्यक्रम पुस्तिकामा योजनाको शीर्षक नै गायव भएपछि आयोजनाहरु अपलपत्र परेका हुन् ।
यस्तै बर्तमान मन्त्री प्रकाश देउवाले आफ्नो पुख्र्यौली जिल्ला डडेलधुरा र धनगढीमा बजेट केन्द्रित गरेपछि अन्य प्रदेशसभा सदस्हरु आक्रोशित भएका छन् । देउवाले क्रमागतका आयोजनाहरु कटौती गर्न नेपाली कांग्रेसनिकट कर्मचारी संगठनका नेता पूर्वाधार विकास निर्देशनालयका प्रमुख सीडीई जगत जोशीलाई प्रयोग गरेको स्रोतले बताएको छ । प्रकाश देउवाको निर्देशनमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व अर्थमन्त्रीद्वय प्रकाश शाह, भौतिक मन्त्री दीर्घ सोडारी, पूर्वमन्त्री माया भट्ट, मानबहादुर धामी लगायतका नेताहरुका क्षेत्रका आयोजना छानीछानी कटौती गरिएको छ ।
प्रकाश देउवा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा ह्ुन् । उनी प्रदेशमा चुनावमा उम्मेदवार हुनुअघि कांग्रेस नेतृ आरजु राणाका पीए थिए । प्रकाश देउवाले काका शेरबहादुर प्रधानमन्त्री हुँदा प्रहरीका सरुवा बढुवादेखि बिभिन्न सेटिङका डिल गर्ने गरेका थिए । सेटिङका लागि महाराजगंजमा हेमन्त धामीलाई अगाडि सारेर ओपेरा रेष्टुरेन्ट नै संचालन गरेका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend