धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्षमा ठेक्का लगाएका आयोजनाहरु अलपत्र परेका छन् । प्राविधिक मूल्यांकन गरी सम्झातौको अन्तिम तयारीमा रहेका पक्की पुलहरु बार्षिक पुुस्तिकाबाटै शीर्षक हटाइएपछि आयोजनाहरु अलपत्र परेका हुन् ।
आर्थिक वर्ष २०७९-०८० को बार्षिक कार्यक्रम अन्र्तगत कैलाली निर्वाचन क्षेत्र नं. ४(१) स्थित भस्ना नाला सडक पुल निर्माण, शिवपुर सडक पुल निर्माण, भैसासुर सडक पुल निर्माण, सुपारी आमदेखि भादा जोड्ने सडक पुल निर्माण, नारायणपुर सरैया सडक पुल निर्माण, घोडाघोडी, बर्दगोरीया, लम्कीचुहा,टिकापुर नगरपालिका र गोदावरी नगरपालिकाका थुप्रै बहुुबर्षीय आयोजनाहरुमा बजेट कटौती गरिएको छ ।
पुराना आयोजनाहरु अलपत्र पारेर प्रदेश सकारकार भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले आफ्नो निर्वाचन क्षेत्र धनगढी ५ (१) का ८ वटा वडामा बजेट खन्याएका छन् । कालोपत्रे भैसकेका सडकहरुमा समेत उनले रकम विनियोजन गरेरर बहुुबर्षीय आयोजनाको ठेक्का लगाएका छन् । स्रोतका अनुसार मन्त्रीको ठाडो निर्देशनमा पूर्वाधार विकास कार्यालय कैलालीले धनगढीका १९ आयोजनाको ६१ करोडको लागतमा बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ ।
यस्तै कैलालीको गौरीगगंगा नगरपालिकाको शिवपपुर कान्तीपुर (परेनी) सडक पुल र गोदावरीको गुडधोवी सडकपुल अलपत्र परेका छन् । पूर्वाधार विकास कार्यालय कैलालीले २०७९ साल बैशाख २९ गते आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा बोलपत्र आह्वानको सूचना प्रकाशित गरी एक चरणको प्राविधिक मूल्यांकन सकिएको थियो ।
बोलपत्र स्वीकृतको अन्तिम चरण आर्थिक मूल्यांकनको प्रक्रियामा रहेका बेला सुदूरपश्चिम प्रदेश सरकारको २०८०-०८१ बार्षिक विकास कार्यक्रम पुस्तिकामा योजनाको शीर्षक नै गायव भएपछि आयोजनाहरु अपलपत्र परेका हुन् ।
यस्तै बर्तमान मन्त्री प्रकाश देउवाले आफ्नो पुख्र्यौली जिल्ला डडेलधुरा र धनगढीमा बजेट केन्द्रित गरेपछि अन्य प्रदेशसभा सदस्हरु आक्रोशित भएका छन् । देउवाले क्रमागतका आयोजनाहरु कटौती गर्न नेपाली कांग्रेसनिकट कर्मचारी संगठनका नेता पूर्वाधार विकास निर्देशनालयका प्रमुख सीडीई जगत जोशीलाई प्रयोग गरेको स्रोतले बताएको छ । प्रकाश देउवाको निर्देशनमा पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व अर्थमन्त्रीद्वय प्रकाश शाह, भौतिक मन्त्री दीर्घ सोडारी, पूर्वमन्त्री माया भट्ट, मानबहादुर धामी लगायतका नेताहरुका क्षेत्रका आयोजना छानीछानी कटौती गरिएको छ ।
प्रकाश देउवा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा ह्ुन् । उनी प्रदेशमा चुनावमा उम्मेदवार हुनुअघि कांग्रेस नेतृ आरजु राणाका पीए थिए । प्रकाश देउवाले काका शेरबहादुर प्रधानमन्त्री हुँदा प्रहरीका सरुवा बढुवादेखि बिभिन्न सेटिङका डिल गर्ने गरेका थिए । सेटिङका लागि महाराजगंजमा हेमन्त धामीलाई अगाडि सारेर ओपेरा रेष्टुरेन्ट नै संचालन गरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend