Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिम्बाबेविरुद्ध भारतको लगातार दोस्रो जित


    बुधबार, असार २७ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

    बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै  १५९ रन मात्र बनाएको थियो ।

    जिम्बाबेका लागि डिओन मेयर्सले सर्बाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्बाधिक ३ विकेट लिए भने अभेश खानले २ तथा खलील अहमदले एक विकेट लिएका थिए ।

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाएका थिए ।त्यस्तै जिम्बाबेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए ।

    यो जितसँगै भारत ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ । यस अघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बाबे विजयी भएको थियो । अब सिरिजको चौथो खेल शनिबार हुने तालिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार