काठमाडौँ । भारतले जिम्बाबेविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार भारतले सिरिजको तेस्रो खेल २३ रनले जितेको हो । भारतले दिएको १८३ रनको लक्ष्य पछाएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन मात्र बनाएको थियो ।
जिम्बाबेका लागि डिओन मेयर्सले सर्बाधिक ६५ रन बनाएका थिए भने क्लीभ माडान्डेले ३७ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर वाशिंटन सुन्दरले सर्बाधिक ३ विकेट लिए भने अभेश खानले २ तथा खलील अहमदले एक विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर १८२ रन बनाएको थियो । भारतका लागि कप्तान शुभमन गिलले सर्बाधिक ६६ रन बनाए भने रुतुराज गायकवाडले ४९ तथा यशस्वी जयसवालले ३६ रन बनाएका थिए ।त्यस्तै जिम्बाबेका बलर ब्लेसिंग मुजाराबानी र सिकन्दर राजाले २-२ विकेट लिएका थिए ।
यो जितसँगै भारत ५ खेलको सिरिजमा २-१ ले अगाडी भएको छ । यस अघि सम्पन्न दोस्रो खेलमा भारत विजयी भएको थियो भने पहिलो खेलमा जिम्बाबे विजयी भएको थियो । अब सिरिजको चौथो खेल शनिबार हुने तालिका रहेको छ ।
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend