काठमाडौं । निर्माण ब्यवसायीहरुले अरबौं भुक्तानी नपाएको आवाज उठिरहेकै अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ४३ करोड रुपैयाँ फ्रिज भएको छ ।
बजेट फ्रिज भएपछि भौतिक मन्त्रालयअन्तर्गतका सडक आयोजनाहरुको भुक्तानी यो आर्थिक बर्षमा हुन सकेन ।
नेपाली कांग्रेस र एमालेबीच गएको असार १७ गते राति नयाँ सत्ता समीकरण भएपछि अल्पमतमा परेको पुष्पकमल दाहाल ‘प्रचण्ड’को कामचलाउ सरकारका अर्थमन्त्री बर्षमान पुनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ४३ करोड रुपैयाँ फ्रिज गराइदिएका छन् । एमालेका मन्त्रीहरुले असार २० मा राजीनामा दिइसकेपछि भौतिक मन्त्रालयसहितका ७ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मामा छन् ।
अर्थमन्त्री पुनले एमालेका मन्त्रीहरुले सम्हालेको भौतिक मन्त्रालयको बजेट फ्रिज गराएका कारण भुक्तानी रोकिन पुगेको छ । राजनीतिक कारणले बजेट फ्रिज हुँदा ब्यवसायीहरु मारमा परेका छन् ।
बजेट निकासा भएको भए निर्माण ब्यवसायीहरुले भुक्तानी पाउँथे । ठेकेदारहरुले भुक्तानी पाउँदा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र सचिव गोपाल सिग्देलले पनि दररेट अनुसार अतिरिक्त रकम (पीसी) पाउने थिए । महासेठ र सचिव सिग्देलको पीसी पाउने भएपछि बजेट फ्रिज गराएको चर्चा पनि भौतिक मन्त्रालयमा हुने गरेको छ । यदि ४३ अर्ब निकासा भएको भए मन्त्री र सचिवको भागमा १ अर्ब नै पीसी पुग्ने भौतिक मन्त्रालय स्रोत बताउँछ ।
यद्यपि निर्माण ब्यवसायीहरुको तीव्र दबाबपछि अर्थमन्त्रालयले मंगलबार केही बजेट रकमान्तर गरिदिएको भौतिक मन्त्रालय सम्बद्ध स्रोतले बताएको छ ।
अर्थमन्त्री पुनले महासेठ र सिग्देलको कमिसनको बाटो बन्द गर्न खोज्दा निर्माण ब्यवसायीहरु मारमा परेका छन् । त्यसो त मन्त्रीहरुले राजीनामा नदिएका नेकपा एकीकृत समाजवादीको भागमा परेको सहरी विकास मन्त्रालयको बजेट भने मन्त्री पुनले निकासा गरिदिएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend