काठमाडौं । निर्माण ब्यवसायीहरुले अरबौं भुक्तानी नपाएको आवाज उठिरहेकै अवस्थामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ४३ करोड रुपैयाँ फ्रिज भएको छ ।
बजेट फ्रिज भएपछि भौतिक मन्त्रालयअन्तर्गतका सडक आयोजनाहरुको भुक्तानी यो आर्थिक बर्षमा हुन सकेन ।
नेपाली कांग्रेस र एमालेबीच गएको असार १७ गते राति नयाँ सत्ता समीकरण भएपछि अल्पमतमा परेको पुष्पकमल दाहाल ‘प्रचण्ड’को कामचलाउ सरकारका अर्थमन्त्री बर्षमान पुनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको ४३ करोड रुपैयाँ फ्रिज गराइदिएका छन् । एमालेका मन्त्रीहरुले असार २० मा राजीनामा दिइसकेपछि भौतिक मन्त्रालयसहितका ७ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्डको जिम्मामा छन् ।
अर्थमन्त्री पुनले एमालेका मन्त्रीहरुले सम्हालेको भौतिक मन्त्रालयको बजेट फ्रिज गराएका कारण भुक्तानी रोकिन पुगेको छ । राजनीतिक कारणले बजेट फ्रिज हुँदा ब्यवसायीहरु मारमा परेका छन् ।
बजेट निकासा भएको भए निर्माण ब्यवसायीहरुले भुक्तानी पाउँथे । ठेकेदारहरुले भुक्तानी पाउँदा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र सचिव गोपाल सिग्देलले पनि दररेट अनुसार अतिरिक्त रकम (पीसी) पाउने थिए । महासेठ र सचिव सिग्देलको पीसी पाउने भएपछि बजेट फ्रिज गराएको चर्चा पनि भौतिक मन्त्रालयमा हुने गरेको छ । यदि ४३ अर्ब निकासा भएको भए मन्त्री र सचिवको भागमा १ अर्ब नै पीसी पुग्ने भौतिक मन्त्रालय स्रोत बताउँछ ।
यद्यपि निर्माण ब्यवसायीहरुको तीव्र दबाबपछि अर्थमन्त्रालयले मंगलबार केही बजेट रकमान्तर गरिदिएको भौतिक मन्त्रालय सम्बद्ध स्रोतले बताएको छ ।
अर्थमन्त्री पुनले महासेठ र सिग्देलको कमिसनको बाटो बन्द गर्न खोज्दा निर्माण ब्यवसायीहरु मारमा परेका छन् । त्यसो त मन्त्रीहरुले राजीनामा नदिएका नेकपा एकीकृत समाजवादीको भागमा परेको सहरी विकास मन्त्रालयको बजेट भने मन्त्री पुनले निकासा गरिदिएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend