मुकेशकुमार यादव
सिरहा । सिरहामा श्रीमान(श्रीमतीबीको झगडा छुट्याउन गएका आफनै दाजुमामाथि भाइले खुकुरी प्रहार गर्दा दाजुको मृत्यु भएको छ।
गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाजुमाथि खुकुरी प्रहार गर्दा बिहीवार राति ३५ बर्षीय लेलहा भन्ने मोतिराम सदाको मृत्यु भएको हो ।
श्याम र उनकी श्रीमती कौशिल्यादेवी सदाबीच घरायसी विवादका कारण झै–झगडा भई कुटपीट समेत हुन थालेपछि छुट्याउन पुगेका मोतिराममाथि खुकुरी प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट छातिमा गम्भिर घाउ लागेका मोतिरामलाई तत्काल उपचारका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान पठाइए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी बीरेन्द्र पासवानले जनाए ।
उनले भने, ‘खुकुरी प्रहार गरी जंगलतर्फ भागेका श्यामको रातिबाटै खोजी कार्य भइरहेको छ। फरार रहेका सदालाई छिट्टै नै नियन्त्रण लिने जनाइएको छ। शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । गएको भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ नाकामा अलपत्र परेका ५ सय ७६ जना नेपाली नागरिकहरूको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend