Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यो सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : नेपाल


    शुक्रबार, असार २२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको सामना गर्ने आँट गर्नुपर्ने टिप्पणी गरेका छन् ।

    शुक्रबार महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै एकीकृत समाजवादी अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने टिप्पणी गरेका हुन् ।

    उनले भने, ‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौं । यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ । हाम्रो पार्टीहरूको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ ।’

    अध्यक्ष नेपालले आफ्नो दलले लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

    राष्ट्रिय महत्वको, सरोकारको विषयमा व्यापक छलफल गरेर अगाडी बढ्नु पर्नेमा दुई दलले मात्र खुसुक्क सहमति गर्नु आपत्तिजनक रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार