Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीको महाधिवेशन सुरु, एमाले अनुपस्थित


    आइतबार, असार १७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा महाधिवेशन सुरु भएको छ ।

    महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् ।

    असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

    नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार