Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टी-२० वरियतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्षस्थानमा


    बुधबार, असार १३ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान ट्राभिस हेड टी- २० वरियताको ब्याट्सम्यानको सूचीमा शिर्ष स्थानमा उक्लिएका छन् ।

    आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा हेडले चार स्थानको सुधार गर्दै ८४४ रेटीङसहित शिर्ष स्थानमा उक्लिएका हुन् ।

    यस अघि शीर्ष स्थानमा रहेका भारतका सूर्यकुमार यादव दोस्रो स्थानमा झरेका छन् भने दोस्रो स्थानमा रहेका ईङल्याण्डका फिल साल्ट तेस्रो स्थानमा झरेका छन् ।

    त्यस्तै पाकिस्तानका बाबर आजम र मोहमद रिजवान चौथो र पाँचौं स्थानमा झरेका छन् । त्यस्तै वेस्ट इन्डिजक जोन्सन चार्लेजले चार स्थानको सुधार गर्दै टप टेनमा इन्ट्री गरेका छन् ।

    टी-२० क्रिकेटमा ब्याट्सम्यानको वरियतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४६औं स्थानमा छन् भने अल राउण्डरको वरियतामा ऐरी सातौं स्थानमा रहेका छन् ।

    त्यस्तै नेपालका कप्तान रोहित पौडेल ६१औं स्थानमा छन् भने आसिफ सेख ६९औं स्थानमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार