Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकप: समूह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा


    बुधबार, असार १३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी युरोकपको समुह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन् ।

    गएराती सम्पन्न खेलमा इङल्याण्ड र स्लोभेनिया गोल रहित बराबरीमा रोकिएका छन् भने डेनमार्क र सर्बिया पनि गोल रहित बराबरीमा रोकिएका थिए ।

    यी बराबरीपछि इङल्याण्ड समुह सी मा ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ ।

    त्यस्तै डेनमार्क र स्लोभेनिया भने ३-३ को बराबरी अंक र गोल अन्तरपनि बराबर भएपछि दुवैबीच भएका पछिल्ला खेलको हेड टू हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहदै नक आउटमा छनौट भएको छ । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेपनि नक आउट चरणमा भने स्थान बनाएको छ । तेस्रो स्थानमा रहने ६ समुहका शिर्ष चार देशले नक आउट चरणमा स्थान बनाउने छन् ।

    त्यस्तै समुह सी बाट सर्बिया भने ३ खेलमा २ अंक हासिल गरेपनि बाहिरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार