Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युरोकपको सेमिफाइनलको समीकरण पूरा


    आइतबार, असार २४ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जारी युरोकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । गएराती क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुगो लागेको हो ।

    २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्डस रहेका छन् ।

    स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै इङल्याण्डले पेनाल्टी सुट आउटमा स्वीजरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने नेदरल्याण्डसले टर्कीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

    अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्डस खेल्ने छन् । अब सेमिफाइनलका खेल जुलाई १० र ११ मा हुने छन् भने युरोकपको फाइनल खेल जुलाई १५ मा हुने छ ।

    सेमिफाइनल र फाइनल खेल नेपाली समय अनुसार राती १२: ४५ बजेदेखि शुरु हुने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार