Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमालेले बजेटको पक्षमा मतदान गर्ने, सांसदहरूलाई ह्वीप जारी


    मंगलबार, असार १२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि जनाउँदैआएका छन् । एमालेले सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

    प्रमुख सचेतक महेश बर्ताैलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताएका छन् ।

    आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेट पारित गर्ने कार्यसूची छ । बजेट निर्णयार्थ पेश गर्ने भएपछि सांसद्हरुलाई अनिवार्य बैठकमा उपस्थित हुन पनि एमालेले निर्देशन गरेको छ ।

    नेकपा माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि पार्टी निकट सांसद्हरुलाई अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार