Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी समिटमा भाग लिन गृहसचिव अर्यालसहित दुवै संगठनका आईजीपी अमेरिका प्रस्थान


    सोमबार, असार ११ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो संयुक्त राष्ट्र संघको प्रहरी समिटमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।

    गृहसचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

    गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित हार्दिक विदाई गरे ।

    उक्त समिटमा पिस अप्रेसन, पिस इन्फोर्समेन्ट लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।

    सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधिमण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

    प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार