Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?


    आइतबार, असार १० २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन प्रतितोला २७ सयले घटेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ ।

    यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७ सयमा कारोबार भएको थियो ।

    त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य तोलाको ५० रुपैयाँले घटेर प्रतितोला १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार