काठमाडौँ । जारी आइसीसीटी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदैछन् । आज पहिलो खेल अस्ट्रेलिया र बंगलादेशबीच खेल हुँदैछ । एन्टीगास्थितसर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६. १५ बजेदेखि शुरु हुँदैछ ।
जारी विश्वकपमा अस्ट्रेलियाले समुह चरणका चारै खेल जितेर सुपर आठमा पुगेको हो । त्यस्तै बंगलादेशले भने समूह चरणमा तीन खेल जितेर सुपर आठमा पुगेको हो । सेमिफाइनलको दौडका लागि सुपर आठको समूह एक मा रहेका दुवै देशका लागि यो खेल महत्वपूर्ण रहेको छ ।
अहिलेसम्म अस्ट्रेलिया र बंगलादेशबीच कुल १० टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा अस्ट्रेलियाले ६ खेल जितेको छ भने बंगलादेशले ४ खेल जितेको छ ।
त्यस्तै आज दोस्रो खेल सुपर आठको समूह २ मा रहेका इङल्याण्ड र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८. १५ बजेदेखि शुरु हुने छ ।
यस विश्वकपको सुपर आठको खेलमा इङल्याण्ड र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकालाई र ईङल्याण्डले वेस्ट इन्डिजलाई पराजति गरेको छ । यो खेलमा जित हासिल गर्ने देशले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाउने छ ।
इङल्याण्ड र दक्षिण अफ्रिकाबीच अहिलेसम्म कुल २५ टी-२० खेल भएका छन् । जसमा दुवैले १२-१२ खेल जितेका छन् भने एक खेलको नतिजा आएको छैन ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend