माधव पौडेल
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हटाएर आईजीपी हुने दौडमा रहेका एआईजीद्वय श्यामलाल ज्ञवाली र भीमप्रसाद ढकालको नागरिकताको जन्ममितिकै विवाद छ । उनीहरुको जन्ममितिका आधारमा उनीहरुको प्रहरी सेवामा प्रवेश नै नियमसंगत देखिंदैन । तर जन्ममितिमै विवाद भएका ज्ञवाली र ढकाल आईजीपी हुने खेलमा संगठन नै कमजोर बनाउन तल्लीन भएर लागेका छन् ।
नागरिकतामा जन्ममिति विवाद देखिएका एआईजी आईजीपीको दौडमा
नागरिकतामा अनेक थरी जन्ममिति भएका एआईजीद्वय ज्ञवाली र ढकालको पहिलो प्रयास ३० बर्षे सेवावधि हटाउनेमै रहेको छ । त्यसपछि आईजीपी हुने दाउमा ज्ञवाली छन् । उपत्यका प्रहरीको प्रमुख हुँदा भूटानी शरणार्थी प्रकरणमा स्वकीय सचिव राजेश बज्राचार्यको नाम मुछेपछि एमाले अध्यक्ष केपी शर्मा ओली एआईजी ज्ञवालीसँग रुष्ट छन् ।
ओलीसँगको दूरी घटाउनका लागि एक साताअघि एक दिन बेलुका एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई लिएर ज्ञवाली बालकोट पुगेका थिए । बालकोटमा ३० बर्षे हटाउने बिषयमा ओलीको सकारात्मक जवाफ नपाएपछि ज्ञवालीले कोशी प्रदेशतिरै घर भएका मानवस्रोत विभागका एआईजी भीमप्रसाद ढकाललाई बालकोट मिलाउन खटाएका छन् । स्रोतका अनुसार ढकालको दैनिकी पछिल्ला दिनमा बालकोटका निकट नेताहरु भेट्ने र प्रहरीको ३० बर्षे सेवावधि हटाउन लबिङ गर्ने रहेको छ ।
एआईजी ज्ञवाली र ढकालको जन्ममिति विवाद यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगिसकेको हो । अख्तियारका पदाधिकारीसँग के के गरी नागरिकताको जन्ममिति विवादमा क्लीनचिट पाए भन्ने कथा लामो हुन्छ । आईजीपी कुँवरलाई हटाउने र महानिरीक्षक बन्ने खेलमा लागेका श्यामलाल ज्ञवालीको जन्ममितिमा पाँच महिना ५ दिनको अन्तर छ । उनको नागरिकतामा २१ चैत २०२४ उल्लेख गरिएको छ भने शैक्षिक प्रमाणपत्रमा २६ भदौ २०२५ उल्लेख गरिएको छ । ज्ञवालीले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट एकसाथ सेवा सुरु गरेका थिए । २०२४ को नागरिकता त प्रहरीको कर्मचारी प्रशासन शाखाको अभिलेखबाटै गायब पारिसकेको आरोप ज्ञवालीमाथि छ ।
भीम ढकालको नागरिकता नै संशोधन गरिएको छ । राष्ट्रिय किताबखानाका अनुसार उनको नागरिकताको अगाडिपट्टीको भागमा २०२४ साल मंसिर २८ लेखिएको थियो भने सोही नागरिकताको पछाडिपट्टिको भागमा २०२५ साल मंसिर २८ लेखेर प्रमुख जिल्ला अधिकारीले संशोधन लेखेका थिए । सो विवरण अहिले राष्ट्रिय किताबखानामा उपलब्ध छैन । ढकालले २०२४ मा भोजपुर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिए । पछि मोरङबाट जन्ममिति सच्याएर २०२५ बनाएर प्रतिलिपि लिएका छन् । ढकालले पनि प्रहरीको कर्मचारी प्रशासनम रहेको अभिलेख(ड्रोसियर)बाट पुरानो नागरिकता गायब गरिसकेका छन् ।
ढकालको प्रहरी अभिलेखको जन्ममिति २०२५ साल मंसिर २८ गते छ । तर नागरिकतामा २०२४ साल मंसिर २८ गते छ । शैक्षिक योग्यताको विवरणमा भने २०२५ साल मंसिर २८ गते छ । यसरी हेर्दा जन्ममिति फरक पर्न गएको अवधि एक वर्ष हुन्छ ।
नागरिकता लिएको वर्षको मात्रै हिसाब गर्ने हो भने भीम ढकाल प्रहरी निरीक्षकका लागि आवेदन दिँदा २५ वर्ष ४ महिना ३ दिनका थिए । यो आधारमा उनी सेवा प्रवेशकै लागि अयोग्य देखिन्छन् ।
५ चैत २०५१ मा प्रहरी निरीक्षकको नियुक्ति पाएका उनीहरूको आवेदन भने १३ मंसिर २०५० मा खुलेको थियो ।
डीआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममितिबारे अनुसन्धान गरी पाऊँ भन्दै धनगढीका शेरबहादुर चन्दले २०७९ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए । तर उजुरी परेको एक महिनामै जन्ममिति विवाद भए पनि उनले आयोगबाट क्लीनचिट पाएका थिए ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend