Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड


    बिहिबार, जेष्ठ २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् ।

    नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् ।

    मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । भारतीय मिडियाहरुले जुन ८ मा मोदीले शपथ लिने तयारी गरेका छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार यस समारोहका लागि मोदीले नेपालसहितका छिमेकी देशका नेताहरूलाई निमन्त्रणा पठाएका छन् । जसमा श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोरिसस र भुटानका नेताहरुलाई निमन्त्रणा पठाइएको छ ।

    मत गणनापछि भारतीय जनता पार्टीले बहुमत गुमाए पनि एनडीए गठबन्धन बहुमतमा रहेको छ । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९३ सिट जितेको छ भने विपक्षी गठबन्धनले २३४ सिट जितेको छ ।

    ५४३ सदस्यीय भारतीय लोकसभामा बहुमतको लागि २७२ सिट आवश्यक पर्दछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार