Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संघीय संसदका दुवै सदनको बैठक बस्दै


    मंगलबार, जेष्ठ २२ २०८१
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्दै छ ।

    आज ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । आइतबारदेखि शुरु भएको बजेटमाथिको छलफल आज पनि जारी रहने छ ।

    त्यस्तै आजको बैठकमा कांग्रेसका पूर्व संबिधान सभा सभासद सूर्यमान गुरुङ, पूर्वसांसद शैयद मेहराज अहमद शाह र कांग्रेसकै पूर्व राष्ट्रिय सभा सांसदखगेन्द्र राज रेग्मीको निधन भएकोमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

    त्यस्तै राष्ट्रिय सभाको बैठक १: १५ बजे बोलाइएको छ । यस बैठकमा पनि बजेटमाथि छलफल हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार