Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सहकारी ठगीविरुद्ध कांग्रेसको आज विरोध प्रदर्शन


    आइतबार, जेष्ठ १३ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको बचत फिर्ताको माग गर्दै आज विरोध प्रदर्शन गर्दैछ ।

    अहिलेसम्म संसदमा मात्र विरोध गर्दै आयेको कांग्रेस अब भने सोही मुद्धालाई सडकमा लिएर जान लागेको हो ।

    कांग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । आज कांग्रेसले उपत्यकाका तीन वटै जिल्ला कार्यसमितिको अगुवाइमा काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।

    काठमाडौँको प्रदर्शनीमार्गमा दिउँसो १ बजे हुने विरोध कार्यक्रमलाई सफल बनाउन काठमाडौँ, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूले तयारी गरिरहेका छन् ।

    कांग्रेसले सहकारीको बचत अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार