वीरगन्ज । आज शनिबार वीरगन्ज महानगरपालिकाले वीरगन्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज (शनिबार ) तीनवटा एक्स्काभेटर लगाएर भत्काएको छ।
वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगन्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताए। “श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ,” नगरप्रमुख सिंहले भने, “वीरगन्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवानलाई बन्धक बनाएर राख्ने चलन रहेको बताउदै त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ भने।” महानगरले मन्दिरको मूलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्स्काभेटर लगाएर भत्काएको छ।
नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबार स्पष्ट नभएको पनि दाबी गरेका छन । “ उनले भने हामीले १२ दिनअगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ। सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ। तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ । ” सो मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटर रहेका थिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend