Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ किलो गाँजा र चरेससहित पर्साबाट भारतीय नागरिकसहित ४ जना पक्राउ


    बिहिबार, चैत्र २८ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा ।  दुई किलो चरेससहित पर्साबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार मोतिहारी थाना सुगौली ग्राम छपरा-७ का ४५ वर्षीय विकास साह रहेका छन् ।

    उनलाई वीरगन्ज महानगरपालिका-१६ शंकराचार्य गेटस्थित सडकबाट मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

    उनको साथबाट दुई किलो गाँजा फेला परेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको लम्सालले बताए ।

    शंकराचार्य गेटबाटै अन्य तीन जनालाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका-३ का २९ वर्षीय पञ्चलाल माझी, २१ वर्षीय मुकेश माझी र ४४ वर्षीय सुनिल बम्जन रहेका छन् ।

    उनीहरूको साथबाट पाँच किलो ७५० ग्राम गाँजा बरामद भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार