सन्तोष मिश्र
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका गणपति प्रहरी उपरीक्षक किसन कर्माचार्य हेडक्वार्टर तानिएका छन् ।
संगठनले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्न नसकेको, बीरगंज भंसार र पर्साको सीमावर्ती क्षेत्रबाट हुने अवैध र संस्थागत तस्करी नियन्त्रणमा समेत प्रभावकारी भूमिका नखेलेको लगायतका अनेकौँ गुनासा एवं खबर सशस्त्र प्रहरी प्रधान कार्यालय एवं गृहमन्त्रालयसम्म पुगेपछि बुधवार सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यलाई हेडक्वार्टर फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य ७ महिनादेखि नं. १३ गण, हेडक्वाटर पर्सामा थिए, समयावधि नपुग्दै तानिएएका एसपी कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट राधेश्याम धिताललाई पठाउने निर्णय गरिएको स्रोत बताउँछ ।
केही दिनअघि मात्र वीरगंज भंसारस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्ममा कार्यरत सशस्त्र प्रहरीका असईसहित तीन जनालाई निलम्बनको सिफारिससहित छिन्नमस्ता बाहिनी मुख्यालयमा पठाईएको थियो ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend