काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विदेशमा भएको समयमा नेपाल प्रहरीका ६ एसएसपी र एक डीआईजीको सरुवा भएको छ । डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेशको प्रहरी प्रमुखमा सरुवा गरिएको छ । एसएसपी बसन्त रजौरेलाई जिल्ला प्रहरी परिसर काठमाडौं र सानुराम भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।
परिसरका प्रमुख एसपी भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको आठ महिनामै सरुवा भएको छ । खत्री र राठौर प्रहरीमा काबिल अधिकृत मानिन्छन् । उनीहरुको कार्यसम्पादन राम्रो हुँदाहुँदै ८ महिनामा सरुवा गरेर गृहमन्त्री लामिछानेले प्रहरीमा राजनीतिक हस्तक्षेप गरेको टिप्पणी भइरहेको छ ।
त्यस्तै, कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी राजेन्द्रप्रसाद भट्ट ३ महिनामै तानिएका छन् ।
आईजीपी कुँवर सोमबार फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स गएका छन् । आईजीपी देशमा नभएको समयमा डीआईजी र एसएसपीको सरुवा गरिएको छ । एसएसपी र डीआईजी सरुवा मन्त्रीस्तरीय निर्णयका आधारमा हुन्छ । तर पनि आईजीपीको सहमतिमा मात्र सरुवा गर्ने परम्परा तोडेर गृहमन्त्री लामिछानेले उनी विदेश भएको समयमा सरुवा गरेका छन् ।
एक प्रहरी अधिकृतले भने–‘आईजीपी स्वदेशमै भएको समयमा वा उनी फर्किएपछि सरुवा गर्दा आकाशै खस्ने थिएन, तर उनी विदेश भएको समयमा नेपाल प्रहरीका काबिल मानिएका एसएसपीहरुको सरुवा गरिएको छ । आईजीपीलाई निरीह पात्रका रुपमा चित्रित गरिएको छ ।’
गण्डकी प्रदेशमा डीआईजी रिक्त भएकाले सरुवा हुनुलाई सामान्य मानिए पनि एसएसपीहरुको सरुवा ८ महिनामै गरिनुले गृहमन्त्री लामिछानेमाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लागेको हो ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend