काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर विदेशमा भएको समयमा नेपाल प्रहरीका ६ एसएसपी र एक डीआईजीको सरुवा भएको छ । डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेशको प्रहरी प्रमुखमा सरुवा गरिएको छ । एसएसपी बसन्त रजौरेलाई जिल्ला प्रहरी परिसर काठमाडौं र सानुराम भट्टराईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।
परिसरका प्रमुख एसपी भूपेन्द्र खत्री र अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको आठ महिनामै सरुवा भएको छ । खत्री र राठौर प्रहरीमा काबिल अधिकृत मानिन्छन् । उनीहरुको कार्यसम्पादन राम्रो हुँदाहुँदै ८ महिनामा सरुवा गरेर गृहमन्त्री लामिछानेले प्रहरीमा राजनीतिक हस्तक्षेप गरेको टिप्पणी भइरहेको छ ।
त्यस्तै, कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा एसएसपी अभिनारायण काफ्लेलाई पठाइएको छ । कोशी प्रदेश तालिम केन्द्रका प्रमुख एसएसपी राजेन्द्रप्रसाद भट्ट ३ महिनामै तानिएका छन् ।
आईजीपी कुँवर सोमबार फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स गएका छन् । आईजीपी देशमा नभएको समयमा डीआईजी र एसएसपीको सरुवा गरिएको छ । एसएसपी र डीआईजी सरुवा मन्त्रीस्तरीय निर्णयका आधारमा हुन्छ । तर पनि आईजीपीको सहमतिमा मात्र सरुवा गर्ने परम्परा तोडेर गृहमन्त्री लामिछानेले उनी विदेश भएको समयमा सरुवा गरेका छन् ।
एक प्रहरी अधिकृतले भने–‘आईजीपी स्वदेशमै भएको समयमा वा उनी फर्किएपछि सरुवा गर्दा आकाशै खस्ने थिएन, तर उनी विदेश भएको समयमा नेपाल प्रहरीका काबिल मानिएका एसएसपीहरुको सरुवा गरिएको छ । आईजीपीलाई निरीह पात्रका रुपमा चित्रित गरिएको छ ।’
गण्डकी प्रदेशमा डीआईजी रिक्त भएकाले सरुवा हुनुलाई सामान्य मानिए पनि एसएसपीहरुको सरुवा ८ महिनामै गरिनुले गृहमन्त्री लामिछानेमाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लागेको हो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend