काठमाडौँ । अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० मिसाइल र ड्रोन आक्रमण गर्यो । मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । इजरायल-इरान युद्धले तेलको मूल्यमा प्रभाव पार्ने विश्लेषण शुरु भएको छ ।
इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नुभन्दा एक दिनअघि ओमानको खाडीको होर्मुज पासबाट गुज्रिरहेको जहाज कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेल यही होर्मुज पासबाट आपूर्ति हुन्छ । इरानका सयौं ब्यालेस्टिक र क्रुज मिसाइलहरू यहाँ तैनाथ छन् । यदि दुई देशबीचको विवाद चर्कियो भने इजरायलले यस क्षेत्रबाट जहाजको आवतजावतमा रोक लगाउनेछ । इरानले स्वेज नहर बन्द गर्ने धम्की पनि दिएको छ । द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार हरेक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल स्वेज नहरबाट आपूर्ति गरिन्छ ।
स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोधले तेल आपूर्ति रोक्नेछ । यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ । इरान र इजरायलबीच अप्रिल १ बाट तनाव सुरु भएको थियो । त्यसयता कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरबाट बढेर प्रति ब्यारेल ९० डलर पुगेको छ ।
अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का अनुसार तनाव कम नभए तेलको मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्न सक्छ । साउदी अरेबिया, कुवेत, ओमान र युएई जस्ता ठूला तेल उत्पादक देशहरू छन् ।
विश्लेषकहरुले वर्तमान अवस्थामा इरान पूर्ण स्तरको युद्ध लड्ने अवस्थामा छैन । इजरायलले गाजामा युद्ध लडिरहेको छ । यस्तो अवस्थामा दुवै देशले आपसमा लामो युद्ध लड्दैनन् । त्यसैले तेलको मूल्यमा थोरै बृद्धि हुने भएपनि धेरै बढ्ने सम्भावना नरहेको तर्क समेत गरिएको छ ।
यो तनाव ठूलो युद्धमा परिणत नहुने दाबि समेत गरिएको छ । अहिले भइरहेको मनोवैज्ञानिक युद्ध हो । यस्तो अवस्थामा इजरायलले जवाफी कारबाही नगरेसम्म केही भन्न गाह्रो छ ।
कच्चा तेलको भाउ बढेमा खुद्रा पेट्रोल र डिजेलको मूल्यमा असर पर्ने विज्ञहरु बताउँछन् । खास गरि भारतमा आउने ६५ प्रतिशत कच्चा तेल स्वेज नहर र होर्मुज पासबाट आउने हुनाले यस क्षेत्रमा बढ्ने तनावले भारतमा तेलको मुल्य बढ्ने र त्यसको असर नेपालमा पर्ने देखिन्छ ।
मार्चको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४ महिनाको उच्च विन्दुमा पुगेको छ । जुन तनावका कारण थप बढ्न सक्छ ।न्यूज कारखाना
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend