Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बर्दिवासमा २० केजी गाँजासहित २ जना पक्राउ


    बिहिबार, चैत्र २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • महोत्तरी  । महोत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन ।

    वडा नं. १४ स्थित  ट्रायल सेन्टरको  छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अनसारी र बर्दिवास-१० बस्ने ४० बर्षीय पदम स्यांतान रहेका छन् ।

    इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको  प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन  जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानियको रोहवरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए  ।

    फरार अर्को व्यक्तिको खोजी भईरहेको छ भने  पक्राउ परेकाहरुलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको  म्याद थपि  ईलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार