बिशाल बस्नेत
महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।
बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाउँहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन् ।
स्थानीय गोपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरीपुरको राउत टोलमा मात्र २ वटा भैंसी मरिसकेका छन् भने अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वती कार्कीको दुहुनो भैंंसी एक्कासी मरेको जनाइएको छ।
यसअघि हनुमान चोकमा अर्को किसानको भैसी समेत मृत अवस्थामा भेटिएको थियो । भैंसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछि किसानहरुको चिन्तित बनेका छन् । ‘बेलुका दुध दुहेर गोठमा सारेको भैंंसी बिहान मरिराखेको रहेछ,’ सरस्वती कार्कीले भनिनु, ‘एक लाख १५ हजार भन्दा बढी पर्ने भैंंसी गुमाउनु पर्र्यो ।’
भैंसीहरु किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडि बढाउन सकिएको छैन । यद्यपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराइसकेको किसानहरुले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैंसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुनसक्ने अनुमान गरेको छ ।
‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खड्काले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो महामारी नै हो भन्ने हैन कि खानामा विषादी अर्थात् फुड पोइजन भएको हुनसक्छ ।’ यद्यपि, थप अनुसन्धान भइरहेको उनले जनाए ।
वडाध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैंसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुनसक्ने बताएका छन् । अहिले बर्दिवासको यो वडा नं।६ मात्र १५ सय भन्दा बढी भैंसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ । न्युज कारखाना
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend