Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘अज्ञात रोग’ले भैंसी धमाधम मर्न थाले, बर्दिवासका किसान चिन्तित


    मंगलबार, माघ २२ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बिशाल बस्नेत

    महोत्तरी । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।

    बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाउँहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन् ।

    स्थानीय गोपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरीपुरको राउत टोलमा मात्र २ वटा भैंसी मरिसकेका छन् भने  अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वती कार्कीको दुहुनो भैंंसी एक्कासी मरेको जनाइएको छ।

    यसअघि हनुमान चोकमा अर्को किसानको भैसी समेत मृत अवस्थामा भेटिएको थियो । भैंसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछि किसानहरुको चिन्तित बनेका छन् । ‘बेलुका दुध दुहेर गोठमा सारेको भैंंसी बिहान मरिराखेको रहेछ,’ सरस्वती कार्कीले भनिनु,  ‘एक लाख १५ हजार भन्दा बढी पर्ने भैंंसी गुमाउनु पर्र्यो ।’

    भैंसीहरु किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडि बढाउन सकिएको छैन । यद्यपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराइसकेको किसानहरुले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैंसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुनसक्ने अनुमान गरेको छ ।

    ‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खड्काले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो महामारी नै हो भन्ने हैन कि खानामा विषादी अर्थात् फुड पोइजन भएको हुनसक्छ ।’ यद्यपि, थप अनुसन्धान भइरहेको उनले जनाए ।

    वडाध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैंसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुनसक्ने बताएका छन् । अहिले बर्दिवासको यो वडा नं।६ मात्र १५ सय भन्दा बढी भैंसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ । न्युज कारखाना

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार