Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सहकारीको ८० करोड रकम हिनामिनाः समिति गठन नभए कांग्रेसले संसद चल्न नदिने


    बुधबार, चैत्र २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग बारेको अल्टिमेटम सकिएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आउदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस् भन्दै कांग्रेसले दिएको अल्टिमेटम सकिएको बताएका हुन् ।

    कतिपयले कांग्रेसले यो मुद्दालाई कमजोर बनायो भन्ने आरोप गलत भएको बताउँदै उनले अबको बैठक कांग्रेसले माग पूरा नभएमा अवरुद्ध गर्ने संकेत गरेका छन् ।

    उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको बताएका हुन् । सहकारी ठगीमा रास्वपाका अन्य नेताहरु पनि संलग्न भएको विषय बाहिर आएको बताउँदै आमजनताको ८० करोड रकम हिनामिना गरिएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार